आजका अर्धशतक खेलाडी अनिल साहले भने, “आँखामा आँशु आयो”

काठमाडौं । नेपालका क्रिकेट ब्याटर अनिलकुमार साहले आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँशु आएको भावुक टिप्पणी गरेका छन् । पाहुना टोली वेस्ट इन्डिजज ‘ए’ विरुद्ध पाँचौँ तथा अन्तिम खेलमा जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले विश्वकपमा छनोट हुन पाउनु खुशीको क्षण रहेको र आफ्नो नाम देख्दा आँशु आएको बताए ।

टोलीमा नाम देख्ने बित्तिकै घर परिवारसँग खुसी साटेको पनि उने उल्लेख गरे । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए । उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए । ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए । सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो । शनिबार जितपछि ओपनर आसिफ शेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे ।

विश्वकप अगाडि वेस्ट इन्डिजको टोलीजस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको विश्वास छ । पत्रकार सम्मेलनमा तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए । साथै उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे ।

यस पटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गरे । सोमपालले आयरल्यान्ड र वेस्ट इन्डिजजस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गरे । नेपाली टोलीले यस शृङ्खलाभर राम्रो बलिङ र ब्याटिङ गरेको पनि सोमपालको दाबी थियो । सिरिजको दोस्रो खेलमा एक सय ६० रनको लक्ष्य चेज गर्न नसक्नुको कारण नै सिरिज गुमाउनु परेको सोमपालको भनाइ छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले छिट्टै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गरे । उनले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर