‘मिस नेपाल पिस २०२४’ का प्रतियोगीको नाम सार्वजनिक

काठमाडौं । ‘मिस नेपाल पिस २०२४’ मा २४ प्रतियोगीबिच प्रतिस्पर्धा हुने भएको छ । नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगिताका लागि छानिएका २४ प्रतियोगीहरूको नाम र तस्बिर सार्वजनिक गरेको छ ।

आयोजक नेक्स्ट मोडल्सका अनुसार यो प्रतियोगिताको ७ औँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत २ सयभन्दा बढी नर्सहरुले अडिसन दिएका थिए । जसबाट फाइनलका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाले जनाएको छ ।

छनोट भएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुचि देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापामगर, सीमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्षा कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी रहेका छन् ।
प्रतियोगी फाइनल स्पर्धाको लागि सञ्चार, कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका विधामा प्रशिक्षित भइसकेका छन् ।
पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अतिरिक्त विभिन्न उपहारसमेत जित्न सक्नेछन् । ‘प्रतियोगिताको फाइनल अगामी जेठ ५ गते आयोजना हुँदैछ ।

​​​​​​​


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर