हेटौंडा बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार

काठमाडौं । हेटौंडा बसपार्कमा आज शनिबार बिहान एक युवकमाथि खुकुरी प्रहारको घटना भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्चबहादुर तामाङले कुँवरमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छी औंलामा चोट लागेको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई खुकुरीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर