अर्धशतक बनाएका अनिल साह आउट भए

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौँ खेलमा अर्धशतक बनाएका अनिल साहलाई नेपालले तेस्रो विकेटका रूपमा गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ४१ बलमा अर्धशतक बनाएका थिए । अर्धशतक बनाउने क्रममा अनिलले चार चौका र तीन छक्का प्रहार गरे । तर, यसपछि चार बल खेलेका अनिल एक छक्कासहित आठ रन थपेर आउट भएका हुन् ।
प्रतिक्रिया