वेस्ट इन्डिजविरुद्ध आसिफ शेखको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाए । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काए । अर्धशतक प्रहार गरे लगत्तै उनि क्याच आउट भए । यससंगै नेपालका दुबै ओपनर आउट भएका छन् । यसअघि पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर