कङ्गोमा बम विस्फोटबाट २५ जनाको मृत्यु

काठमाडौं ।  युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटबम विस्फोटबाट २५ जनाको मृत्यु भएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एम २३ अर्थात् मार्च २३ आन्दोलन विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापित भएकाहरुको झुपडीमा बम विस्फोटको घटना भएको हो । राजधानी शहरबाट झण्डै २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक शहर सोकसम्म सडकको दुवैतिर झुपडी छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले ‘रुवान्डा सेना र उसको एम २३ विद्रोही समर्थकहरु’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाएको छ । छिमेकी देश रुवान्डाले एम २३ लाई समर्थन गरिरहेको कङ्गो सरकार र अरु साझेदार देशको आरोप छ । तर रुवान्डाले आफ्नो संलग्नता अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा झण्डै ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर