इजरायल र हमासबीच युद्धविरामको प्रयास फेरि असफल

काठमाडौं ।  इजरायल र हमासबीच युद्धविरामको प्रयास फेरि असफल भएको छ। इजिप्टको मध्यस्थतामा भइरहेको शान्ति वार्तामा युद्धविरामको प्रयास असफल भएको हो ।

इजरायलले सम्पूर्ण बन्धकको तत्काल रिहाइलाई मुख्य शर्त बनाएको छ भने इजरायलले त्यसपछि आक्रमण रोकिने सुनिश्चितता खोजेको छ। यी दुई मागमा दुवैतर्फका वार्ता टोलीले निर्णय दिन नसकेपछि हमासले बन्धक रिहाइबारेको निर्णय दिन ७ दिनको समय मागेको छ।

हमास अधिकारी हमोमास बादरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रफाहमा सैन्य अभियान जारी राखेर सहमतिको प्रयासलाई कमजोर बनाइरहेको आरोप लगाएका छन्। यसैबीच इजरायली जेलमा रहेका एक प्यालेस्टिनी डाक्टरको मृत्यु भएको छ। चार महिनादेखि इजरायली जेलमा बन्द ५० वर्षीय डाक्टर अदनान अल-बुर्शको मृत्यु भएको हो। उनी गाजाको चर्चित अल शिफा अस्पतालका सर्जरी विभाग प्रमुख थिए। प्यालेस्टाइनी प्रिजनर्स एसोसियशनले एक विज्ञप्ति जारी गर्दै डाक्टर बुर्शको हत्या भएको र उनको शव इजरायलमै रहेको जानकारी दिएको बीबीसीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर