भारतीय प्रधानन्यायाधीश डा. चन्द्रचूड काठमाडौंमा

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज शक्रबार काठमाडौं आएका छन्।

भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईले स्वागत गरे । प्रधानन्यायाधीश डा. चन्द्रचूडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ। नेपालका प्रधानन्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच शनिबार मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ।

भ्रमण दलमा भारतका प्रधानन्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिष्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहेका छन् । भारतीय उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर