जापानकी विदेशमन्त्री कामिकावा नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जापानका विदेशमन्त्री योको कामिकावाले नेपालको भ्रमण गर्ने भएकी छन् । उनी यही वैशाख २३ गते एक दिनका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको भ्रमणको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । जापानको विदेशमन्त्री नियुक्त भएपश्चात् यो उनको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । यस भ्रमणले सोही द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपालस्थित जापानको दूतावासले जनाएको छ । नेपाल र जापानबिच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यस भ्रमणले त्यसलाई थप विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर