सनराइजर्स अन्तिम बलमा एक रनले विजयी

काठमाडौं । इन्डियन प्रीमियर लिग (आइपिएल) २०२४ सीजनमा बिहीवार राति खेलिएको खेल निकै रोमाञ्चक रह्यो । यो खेलमा सनराइजर्स हैदराबाद तथा राजस्थान रोयल्स एक–अर्कासंग भिडेका थिए । यो खेलमा प्याट कमिन्सको कप्तानी रहेको सनराइजर्सले अन्तिम बलमा एक रनले जित हासिल गर्न सफल भयो ।

यो खेलको अन्तिम बलमा जितका लागि राजस्थानलाई दुई रन चाहिएको थियो । अन्तिम ओभर तीव्र गतिका बलर भुवनेश्वर कुमारले गरिरहेका थिए, जबकि रोवम्यान पावेल स्ट्राइकमा थिए । भुवनेश्वरले उत्कृष्ट बलिङ गर्दै पावेललाई एलबिडब्ल्यू आउट गर्दै पूरै बाजी नै पल्टाई दिए । अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन चाहिएको थियो ।
यदि राजस्थान रोयल्सले यो खेल जितेको भए यो टीम यो सिजनको प्लेअफमा पुग्ने पहिलो टीम बन्ने थियो । तर, यो टीमको प्रतीक्षा लम्बिएको छ । यो टीमले अहिलेसम्म १० मध्ये ८ खेलमा जीत हासिल गरेर १६ अंक बनाएको छ । यो टीम अझै पनि शीर्ष स्थानमै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर