सहकारी समस्या सम्बोधन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको समस्या समाधान गर्नका लागि सहकारी संस्था वा संघ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । त्यस समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदको बैठकपछिको निर्णय सुनाउँदै बताइन् ।

सिंहदरबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयमाथि प्रकाश पार्दै उनले भनिन्, “समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय भएको छ। यसको कुरा पहिला पनि उठेको नै थियो। यसको समस्या समाधान गर्नु नै थियो। त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर