टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो टी–२० क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । आज नेपालको नेतृत्व नियमित कप्तान रोहितकुमार पौडेलले गरेका छन् ।
कप्तान पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, प्रतिस जिसी, सोमपाल कामी, अभिनाश बोहरा र ललित राजवंशी नेपाली टोलीमा छन् ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ २–१ ले अघि छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर