पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा गए राति सम्पन्न खेलमा घरेलु टोलीले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो विकेटको रूपमा प्रभासिमरन सिंह १३ रन बनाएर आउट भए । दोस्रो विकेट पञ्जाबले ९.२ ओभरमा ८३ रन बनेका बेला गुमाएको थियो ।

दोस्रो विकेट बेयरस्टो आउट भए । उनले यस खेलमा ३० बलमा ४६ रन बनाए । रुसो तेस्रो विकेटको रूपमा आउट हुँदा पञ्जाबले १२ औं ओभरमा ११३ रन बनाएको थियो । रुसोले २३ बलमा ४३ रनको पारी खेले । शशांक सिंह र साम करनले नटआउट पारी खेल्दै पञ्जाबले सहज जित दिलाए । शशांकले २६ बलमा २५ रन तथा करन २० बलमा २६ रनको नटआउट पारी खेले । पञ्जाबका शार्दुल ठाकुर, रिचर्ड ग्लेसन र शिवम दुवेले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले राम्रो सुरुवात गरेको थियो । ८.२ ओभरमा ६४ रन बनाएका बेला अजिंक्य रहाणे २४ बलमा २९ रन बनाएर आउट भएपछि उसको पारी लडखडायो । लगत्तै शिवम दुवे डकआउट भए । टिमको स्कोर ७० रन पुग्दा रवीन्द्र जडेजा पनि व्यक्तिगत २ रनको अवस्थामा पभेलियन फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर