पर्सि शनिबारदेखि मौसम प्रणालीमा परिवर्तन आउने सम्भावना

काठमाडौं । देशभरको मौसम प्रणालीमा पर्सि शनिबारदेखि केही परिवर्तन हुने मौसमविद्हरूले अनुमान रेका छन् । उनीहरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिँदा शनिबारदेखि बदली सुरु हुने अपेक्षा गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सर्ने क्रम सुरु भएपनि तत्काल वर्षा भने भइहाल्ने अवस्था नभएको उनीहरूको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । आज बिहीबारका दिनभन्दा शुक्रबार मौसम ‘सफा रहने छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहीबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर