नेपाली क्रिक्रेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई दिएका छन् । प्रधानमन्त्रीले ट्विट गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारकोतर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनबमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान गएका थिए । साथै, जीतपश्चात् उनले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै खुसी साटेका थिए ।

यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्विट गर्दै फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई। यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना भनी उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर