वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको हो। चौथो ओभरको पहिलो बलमा ओपनर एलिक एथानाज १७ रनमा रन आउट भएका थिए। रोहितकुमार पौडेललाई आराम दिँदै कप्तानी सम्हालिरहेका दीपेन्द्रसिंह ऐरी र विकेटकिपर अनिल साहले मिलेर उनलाई पेभिलियनको बाटो देखाएका थिए।

तर, तेस्रो नम्बरमा कृजमा उत्रिएका फ्लेचरसँग जोनसनले सम्हालिएको इनिङ्स खेले। ५५ बलमा शतक पूरा गरेका उनले वेस्ट इन्डिजको स्कोर बोर्डमा अविजित रहँदै ११९ रन थपे। ६१ बल खेलेका जोनसनले १३ चौका र ७ छक्का प्रहार गरे। तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन्। ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १६औँ ओभरको पाँचौँ बलमा दीपेन्द्रबाट क्याच आउट भए।

तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन्। ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १५औँ ओभरको पाँचौँ बलमा दीपेन्द्रबाट क्याच आउट भए। फ्लेचरपछि क्रिजमा आएका फेबियन एलेन १९ रनमा दीपेन्द्रबाट क्याच आउट हुँदा किमो पल १३ रनमा अविजित रहे। नेपालका करण केसी र सागर ढकालले १/१ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर