डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ सस्तो, पेट्रोल र ग्यास यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । भारतबाट मूल्य घटेर आएपछि निगम सञ्चालक समिति बैठकले मूल्य समायोजन गरेको हो ।

निगमले डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोल र एलपि ग्यासको मूल्य भने यथावत् राखिएको छ । यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर