केएमसीमा भएको घटनाको छानबिन गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा भएको घटनाको छानबिन गर्न माग गरेको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले मंगलबार विज्ञप्ति निकाल्दै स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आंतकित पर्ने गरी घटनामा संलग्र दोषीलाई छानबिन गरी कारवाही गर्न माग गरेका छन् । १७ गते केएमसी अस्पतालमा संघका आजीवन सदस्य प्रा.डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि गरेको कुटपिट र अस्पतालमा तोडफोड भएको थियो।

संघले विज्ञप्तिमार्फत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ बमोजिन कानुनी कारवाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायसँग माग गरेको छ। अस्पतालमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनि अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्थानै तोडफोड गर्ने जस्ता आपराधिक कार्य घटनाप्रति संघले आपत्ति जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर