शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २५.९३ अंकले बढेर दुई हजार ६ दशमलव २८ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१५ वटाको बढेको छ भने २६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८६.२० रुपैयाँ पुगेको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०७९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ८.२९ प्रतिशतले बढेको छ ।

आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.१८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड २४ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर