कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा कोलकाता नाइट राइडर्सले छैटौँ जित निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई सात विकेटले हराउँदै कोलकाताले छैटौँ जित निकालेको हो ।  आफ्नो नवौँ खेलमा दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर फिल साल्टले अर्धशतकीय पारी खेले ।

३३ बलको सामना गरेका साल्टले सात चौका र पाँच छक्कासहित ६८ रन बनाए । यस्तै, अविजित रहेका कप्तान श्रेयस अय्यरले ३३ र वैंकटेश अय्यरले २६ रनको योगदान दिए । सुनिल नारायण १५ र रिंकु सिंह ११ रनमा आउट भए ।   दिल्लीका लागि अक्षर पटेलले दुई र लिजाड विलियम्सले एक विकेट लिए । त्यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनायो ।

उसका लागि कुलदीप यादवले अविजित ३५, कप्तान ऋषभ पन्तले २७, अभिषेक पोरेलले १८, अक्षर पटेलले १८, पृथ्वी शाले १३ र ज्याक फ्रेजर म्याकमुर्गले १२ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले तीन, हर्षित राना र वैभव अरोराले दुई/दुई तथा मिचेल स्टार्क र सुनिल नारायणले एक/एक विकेट लिए । यो जितपछि कोलकाताको प्लेअफ सम्भावना बलियो बनेको छ । उसले ९ खेल खेल्दा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कोलकाताले अहिलेसम्म ६ मा जित र चार खेलमा हार बेहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर