मौसम : गर्मी अझै बढ्ने, ३ दिन यता वर्षाको सम्भावना न्यून

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने छ। यसैगरी, राति कोशी, गण्डकी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुनेछ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा राति पनि हावाहुरीको सम्भावना छ।

गर्मी अझै बढ्ने, वर्षाको सम्भावना न्यून

विगत केही दिन देखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक बढिरहेको छ । जसका कारण गर्मी अझै बढ्ने अनुमान गरिएको छ । काठमाडौंमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट नयाँ प्रणाली विकास भएर पहाडी भू–भागमा बदली सुरु हुने महाशाखाको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर