आज सुन प्रतितोलाको मूल्यमा चार सय घट्यो

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । तेजाबी सुन तोलामा आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर