एमालेका उम्मेदवार नेम्वाङ २८ सयभन्दा मतले अगाडि

काठमाडौं ।  इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता बढ्दै गएको छ ।

बिहान साढे नौ बजेसम्म भएको गणनाको पछिल्लो मत परिणाम अनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्का २८ सय ५३ ले पछि पारेका हुन् । सुहाङले ९ हजार ४सय ८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६ हजार ६ सय ३१ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४ सय १ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर