जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्ति पक्राउ

काठमाडौं । रामेछाप नगरपालिका वडा नं-३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिँडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिँडेका महतलाई प्रहरीले पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएको छ ।

जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर