उपनिर्वाचन: इलाममा एमाले र बझाङमा कांग्रेसको अग्रता

काठमाडौं । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार तीन सय ९५ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन् ।

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सोक्रममा २ सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना जारी छ । १ लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी बझाङको प्रदेशसभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवातमा नेकपा एमालेका दमन भण्डारीले अग्रता लिए पनि पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहले ७ हजार ४९२ मत र एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् । यस्तै, चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन् । राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर