चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्ने क्रममा चेन्नईले गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । नवौँ खेलमा चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमै अलआउट भयो ।

उसका लागि एडन मार्कमले ३२, हेनरिक क्लासेनले २०, अब्दुल समदले १९, अभिषेश शर्मा र नितिश रेड्डीले १५/१५ तथा ट्रभिस हेडले १३ रन जोडे । चेन्नईका लागि तुषार देशपाण्डेले चार, मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा १० चौका र तीन छक्कासहित सर्वाधिक ९८ रन बनाए । यस्तै, ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।

हैदराबादका लागि भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए । यो जितपछि चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १० अंक जोडेको छ । चेन्नईसँगको फराकिलो हारपछि हैदराबाद चौथो स्थानमा खस्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर