गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । गुल्मीमा गए राति मलामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । गए राति जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भूपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदमबहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् ।

३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती–४ लिम्घा बस्ने २९ वर्षका शंकर बिक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकदेखि अन्दाजी ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । जिपमा १३ जना थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर