रास्वपा उम्मेदवार मिलन लिम्बुले आचारसंहिता उल्लंघन गरेको उजुरी

काठमाडौं । रास्वपाबाट इलाम-२ मा उम्मेदवार बनेका मिलन लिम्बुविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको छ । उजुरीकर्ताले लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिह्न अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उल्लंघन भएको विवरणसहित निवेदन दिएको छ ।

उजुरी परेपछि निर्वाचन आयोगले छानबिन गर्न निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । उनले उजुरीका सन्दर्भमा आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर