पुँजी बजार संघर्ष समितिद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।  काठमाडौंको माइतीघरमा शनिबार संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै प्रदर्शन गरेको हो।

प्रदर्शनका सहभागीहरुले ‘हामी लगानीकर्ता हौं, भिखारी होइनौं’,‘मैलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनका क्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर