वेस्टइन्डिज ‘ए’ ले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं ।  वेस्टइन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको हो । वेस्टइन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाए । भने, ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए । त्यस्तै, किची कार्टीले २६ बलमा ३८ रन जोडे । आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे । साथै, बलिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरि, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर