नेपाली बक्स अफिसमा दुई नयाँ सिनेमा रिलिज

काठमाडौं ।  नेपाली बक्स अफिसमा शुक्रबारदेखि दुई नयाँ सिनेमा रिलिज भएका छन्। नेपालीमा केकी अधिकारी निर्मित तथा अभिनित ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएको हो। केकीको सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथा पेस गर्छ। हरर मिस्ट्री जनराअन्तर्गत राखिएको सिनेमामा केकीका अलावा सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर