टोपबहादुर रायमाझी थुनामै रहने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। यसैगरी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णयलाई पनि सर्वोच्चले सदर गरेको छ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई भने ३० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । यसैगरी, समशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको छ । सर्वोच्चले केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई पनि थुनामा नै पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर