आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदै

काठमाडौं । देशभर कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको जानकारी दिए । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उनको भनाइ छ। सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डका सदस्य सचिव अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर