म्यानचेष्टर सिटीले ब्राइटनलाई हरायो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले ब्राइटनलाई हराएको छ । गएराति फाल्मर स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ४–० ले हराएको हो । सिटीको जितमा केभिन डि र जुलियन अल्भारेजले एक एक गोल गर्दा फिल फोडेनले २ गोल गरेका हुन् ।
जितसँगै म्यानचेष्टर सिटी ३३ खेलमा ७६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अङ्क छ । यसअघि हिजोको खेलमा एभर्टनले लिभरपुललाई २–० ले हराएको थियो ।
प्रतिक्रिया