उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । राष्ट्रिपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिसअनुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर