सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज बिहीबार सुनको प्रति तोलामा मूल्यमा दुई सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर