दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले ४ रनको जित हात पारेको छ। जितपछि दिल्ली समान ८ अंक भएपनि अंक तालिकामा गुजरातलाई पछि पार्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो।
२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाउन सफल भएपनि ४ रनले पराजित भयो। उसका लागि साइ सुदर्शनले ६५ रन बनाउँदा ऋद्धिमान साहले ३९ तथा डेभिड मिलरले ५५ रनको इनिङ खेलेका थिए। त्यस्तै, रासिद खानले २१ रनको नटआउट इनिङ खेल्दा गुजरात जितनजिक पुगेको थियो। थप दोहोरो स्कोरका रूपमा साइ किशोरले १३ रन बनाए। रसिक सलामले ३ विकेट लिँदा कुलदीप यादवले २ तथा एनरिच नोर्तेज र मुकेश कुमार तथा अक्षर पटेलले समान १-१ विकेट लिए।