कांग्रेसले माग्दैमा म राजीनामा दिन्न : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको बताए । इलाममा बुधबार आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।

उनले आफूहरु सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफूलाई गलत देखाउन सहकारी ठगी प्रकरणलाई उचालेको आरोपसमेत लगाए । कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको भनाइ थियो। उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर