अल हिलाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । साउदी क्लब अल हिलाल एसियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५(४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४(२ ले पराजित भएको थियो ।

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर