मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ। युरो १ को खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा छ। बेलायती पाउन्ड १ को खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ६४ पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा छ। कुवेती दिनार १ को खरिद दर ४३१ रुपैयाँ ८१ पैसा र बिक्री दर ४३३ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर