सत्ता समीकरण पूरै समयावधि चल्ने प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताएका छन् । उनले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गरे । धनगढी विमानस्थलमा आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा नयाँ सरकार गठनको काम चाँडै सकिने अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्रीले विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले वैज्ञानिक र जनमैत्री आउने जानकारी दिए । उनले सरकार लगानी सम्मेलनको तयारीमा पनि जुटेको बताउँदै लगानी मैत्री वातावरणका लागि एक दर्जन ऐन अध्यादेशबाट परिवर्तन गर्ने तयारी भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकार जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राखेर पहाडी मुलुकहरु सहभागी हुने पर्वतीय सम्मेलनको तयारीमा रहेको पनि जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक कतारका राजा अमिर नेपाल आउन थालेकोमा खुसी प्रकट गर्दै उनको स्वागतका लागि अन्तिम तयारी भइरहेको पनि बताए ।

‘‘समीकरण वामपन्थीको मात्र भनेर गरेको होइन, अहिले वामपन्थी एकता भन्नु पनि ठीक होइन । भोलि राम्रै काम हुँदै गयो समझदारी भयो भने वामपन्थी एकता पनि होला तर अहिले वामपन्थी एकता होइन राजनीतिक सत्ता समीकरण हो भन्न मात्रै मिल्छ’’, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न धनगढी गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर