हिमपहिरोका कारण बूढीगण्डकीको बहाव उच्च

काठमाडौं । हिमपहिरोले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिमपहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिएका छन् ।
‘“तालमाथिबाट ठूलो हिमपहिरो झर्‍यो”, उनले भने, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ । गण्डकी दोब्बर भएर बढेको छ ।’

पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उनले बताए । हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ । हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोलालगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ ।’ वीरेन्द्र तालमा हिमपहिरो त प्रायः गइरहने तर अहिले ठूलो हिमपहिरो गएको वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर