‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट १४ औं चरणका खेलहरु सुरु हुँदैछन् । १४ टोली सहभागी लिगमा मंगलबारबाट दोस्रो लेगका खेल हुन लागेका हुन् ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले पुछारमा रहेको नेपाल पुलिस क्लबसँग खेल्नेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जावलाखेल आठौं र पुलिस चौथो जितको योजनामा हुनेछ । जावलाखेल २४ अंक जोडेर शीर्ष स्थानमा रहँदा पुलिस १२ अंक जोडेर पुछारमा रहेको छ ।

सोही समयमा च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लबले एफ।सी खुमलटारको सामना गर्नेछ ।

थ्री स्टार सातौं र खुमलटार पाँचौं जितको योजनामा हुनेछ । थ्री स्टार २२ अंक जोडेर दोस्रो स्थानमा रहँदा खुमलटार १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

लिगमा १३ औं चरणको समाप्तीसम्म २४ अंकसहित जावलाखेल शीर्ष स्थानमा रहँदा २३ अंक जोडेको थ्री स्टार क्लब दोस्रो स्थानमा छ । यसैगरी, २२ अंक जोडेको सातदोबाटो, २१ अंक जोडेको चर्च ब्याइज र २० अंक जोडेको त्रिभुवन आर्मी क्लब पनि शिर्ष पाँचभित्र परेका छन् ।

१३ खेलबाट १२ अंक जोडेको पुलिस क्लब पुछारमा रहँदा १३ अंक जोडेको एफ।सी खुमलटार पनि रेलिगेशन क्षेत्रमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर