आर्सनलले उल्भ्सलाई २-० ले पराजित गर्‍यो

काठमाडौं ।  इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-० ले पराजित गरेको छ । आर्सनलका लियोनार्दो ट्रोसार्डले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनलका मार्टिन डेजार्डले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै उल्भ्सविरुद्ध २-‍० को जित निकालेको हो । यो जितसँगै आर्सनल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर