एसीसी प्रिमियर कप : वर्षाले स्थगित खेल आज सुचारू हुने

काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले आज पनि निरन्तरता पाउदैछ । टियू क्रिकेट मैदानमा हिजो सोमबार वर्षाले स्थगित गरिएको खेल आज मंगलबार बिहान ९ बजेदेखि सुचारू हुने भएको हो ।

सोमबार टस हारेर ब्याटिङमा आएको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा बिहान ११ बजेर ५० मिनेट जाँदा खेल रोकियो । दिउँसो साढे ३ बजेसम्म पनि वर्षा नरोएिकपछि सिंगापुरका म्याच रेफ्री सारिका प्रसादले बाँकी खेल मंगलबार हुने घोषणा गरेका थिए ।

९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाटै मंगलबार युएईले आफ्नो बाँकी ब्याटिङ गर्नेछ ।

मंगलबार पनि वर्षाले खेलको निर्णय आउन सकेन भने खेल सुपर ओभरमा पुग्नसक्छ । त्यहाँबाट पनि परिणाम सम्भव नभए आईसीसीको एक दिवसिय वरियतामा युएईभन्दा माथि रहेको कारण नेपाल विजेता बन्नेछ । मंगलबार विजयी हुने टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउने भएकोले दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

यो खेलबाट छानिने टोलीले एसिया कपको भारत र पाकिस्तान सम्मिलित समुहमा प्रतिस्पर्धा गर्न पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर