फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै

काठमाडौं । एसीसी टी–२० प्रिमियर कपअन्तर्गत आज सेमिफाइनलका दुई खेल हुँदैछन्। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै छ। यस्तै आजको दोस्रो खेलमा ओमानले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ भने ओमान र हङकङबीच अपराह्न ४ः१५ बजे हुनेछ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कप २०२५ मा सहभागी हुन पाउनेछ। यसअघि सन् २०२३ को प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा छनोट भई भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर