साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको चुनौती

काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको चुनौती दिएको छ। वर्षाका कारण ढिला सुरु भएको खेल आठ ओभरमा घटाइएको छ। पूरै आठ ओभर खेल्दै साउदीले ७ विकेटको क्षतिमा नेपाललाई ७३ रन बनाएको हो।

साउदीका लागि १६ बल खेल्दै अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। नेपाली बलरसामु अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन्। टस जितेर साउदीविरुद्ध सुरुमा बलिङ गरेको नेपालका लागि करण केसी र अविनास बोहोराले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र प्रतिशत जिसीले समान एकरएक विकेट हात पारे ।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ। समूह ‘ए’को नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ। साउदीमाथि जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ। समूहको पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रनले खराएको नेपालले तेस्रो खेलमा हङकङमाथि ८ विकेटको जित निकालेको छ ।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साविक विजेता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर