बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४५ पैसा छ ।

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ०५ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ८० पैसा रहेको छ ।  त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रूपैयाँ ६६ पैसा रहेको छ ।  राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८३ पैसा र बिक्रीदर २७ रूपैयाँ ९५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६४ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३४ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर