नेकपा एसले मुख्यमन्त्री पाउने भएपछि सुदूरपश्चिमको सत्ता राजनीति सजिलो

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिममा मुख्यमन्त्री दिन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ। कांग्रेससहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता लिएको बेहाराको पत्र प्रदेश प्रमुखसमक्ष पेश गरिएको छ । अब समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । यसअघि नाउपाभित्रैबाट कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले बेग्लाबैग्लै दाबी पेश गरेका थिए । सुदूरपश्चिममा नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको गठबन्धन बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर