मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ। युरो १ को खरि दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा छ भने अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ४१ पैसा र बिक्री दर ८६ रुपैयाँ ८० पैसा छ। यस्तै, कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ४३४ रुपैयाँ ५१ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर